संदेश

बुद्धशान्तिमा दोस्रो झापा मिडिया कप असोज २४ र २५ गते हुँदै

चित्र
  झापा । बुद्धशान्तिमा दोस्रो संस्करणको झापा मिडिया कप २०८३ आयोजना हुने भएको छ। बुद्धशान्ति प्रेस क्लब झापाले आगामी असोज २४ र २५ गते बुद्धशान्ति–१, बुधबारेस्थित बुद्ध आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको हो। क्लबले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको हो। क्लबका अध्यक्ष तीर्थ तिम्सिनाका अनुसार प्रतियोगितामा झापा र इलामका पालिकास्तरीय प्रेस क्लबका ८ वटा टोली सहभागी हुनेछन्। क्लबका उपाध्यक्ष तथा खेल संयोजक नारायण अर्यालले अघिल्लो संस्करणको तुलनामा यसपटक पुरस्कार राशि वृद्धि गरिने जानकारी दिनुभयो। प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लबका सचिव रोशन भट्टराईले बताउनुभयो। प्रतियोगिताको मुख्य प्रायोजन बुद्धशान्ति गाउँपालिका–१ले गरेको छ। वडाध्यक्ष अनिल वाग्लेले पत्रकारहरूको उत्सवका रूपमा आयोजना हुने प्रतियोगिताको मुख्य प्रायोजन गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले पत्रकार समाजको ऐना भएकाले दसैँको अवसरमा खेलकुदमार्फत सद्भाव बढाउने प्रयास सकारात्मक रहेको धारणा राख्नुभयो। कार्यक्रममा पत्रकार महासंघ...

बुद्धशान्तिमा दुईदिने युवा नेतृत्व विकास सम्बन्धी 'लिडरसिप एकाडेमी' सम्पन्न

चित्र
  बुद्धशान्ति ,बुद्धशान्ति गाउँपालिका–१ को समन्वयमा सञ्चालित दुईदिने युवा नेतृत्व विकाससम्बन्धी ‘लिडरशिप एकाडेमी’ आइतबार सम्पन्न भएको छ। सहारा नेपाल बिर्तामोडको आयोजना तथा ग्लोबल लर्निङ ल्याब इन्टरनेसनलको सहयोगमा बुद्धशान्ति–३ स्थित चखेवा रेस्टुरेन्टको सभाहलमा एकाडेमी सञ्चालन गरिएको हो। बुद्धशान्ति गाउँपालिका–१ का वडा अध्यक्ष अनिल वाग्लेको अध्यक्षतामा सम्पन्न एकाडेमीमा कुसुम उप्रेती, विनोद दाहाल, ममता अधिकारी र प्रतिमा भट्टराईले सहजीकरण गरेका थिए। कार्यक्रममा बोल्दै वडा अध्यक्ष वाग्लेले नकारात्मकताले व्यापकता पाइरहेको वर्तमान अवस्थामा युवाको सकारात्मक पहलबाट मात्रै असल समाज निर्माण गर्न सकिने बताए। समाजका विभिन्न समस्या समाधान गर्दै असल समाज निर्माणमा युवा शक्ति अग्रसर हुनुपर्ने उनको भनाइ थियो। दिगो विकासका लक्ष्य हासिल गर्न पनि युवाको भूमिका महत्वपूर्ण हुने बताउँदै वाग्लेले समाजका सबै पक्षको सक्रिय सहभागिता र सहकार्य आवश्यक रहेको बताए। समाज परिवर्तन तथा विकास निर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले युवामा नेतृत्व क्षमता, आत्मविश्वास, निर्णय क्षम...

गडिगाउँ माविलाई ९३ लाखको बजेटबाट फर्निचर सामग्री हस्तान्तरण

चित्र
झापा । बुद्धशान्ति गाउँपालिका–५ स्थित श्री गडिगाउँ माध्यमिक विद्यालयलाई फर्निचर सामग्री हस्तान्तरण गरिएको छ। बुद्धशान्ति गाउँपालिकाको विशेष पहलमा गत आर्थिक वर्ष नेपाल सरकारमार्फत विशेष अनुदानअन्तर्गत विनियोजित ९३ लाख रुपैयाँको बजेटबाट निर्माण गरिएको फर्निचर विद्यालयलाई हस्तान्तरण गरिएको हो। फर्निचर सामग्री उपलब्ध भएपछि बुद्धशान्ति क्षेत्रकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा रहेको गडिगाउँ माविमा अध्ययनरत विद्यार्थीको पठनपाठन थप सहज हुने विश्वास गरिएको छ। सोही बजेटबाट विद्यालयमा रहेको शौचालयको अभावलाई सम्बोधन गर्दै व्यवस्थित शौचालयसमेत निर्माण गरिएको छ। कार्यक्रममा बुद्धशान्ति क्षेत्रका अन्य पाँच सामुदायिक विद्यालयलाई समेत आवश्यक फर्निचर सामग्री वितरण गरिएको बताइएको छ।

बुद्धशान्तिमा असोज २४ देखि दोस्रो झापा मिडिया कप हुने

चित्र
बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लब झापाले दसैँको अवसर पारेर पत्रकारहरूबीच आपसी सद्भाव र भाइचारा बढाउने उद्देश्यले दोस्रो संस्करणको झापा मिडिया कप–२०८३ आयोजना गर्ने भएको छ । प्रेस क्लबको शुक्रबार बसेको कार्यसमिति बैठकले आगामी असोज २४ र २५ गते बुद्धशान्ति गाउँपालिका–स्थित बुधबारे खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । क्लबका अध्यक्ष तीर्थ तिम्सिनाका अनुसार प्रतियोगितामा झापाका विभिन्न पालिकास्तरमा रहेका प्रेस क्लबका टोलीहरूको सहभागिता रहनेछ । प्रतियोगिता सम्पन्न गर्न क्लबका उपाध्यक्ष नारायण अर्याललाई संयोजक तोकिएको छ । संयोजक अर्यालका अनुसार पहिलो संस्करणको तुलनामा यस वर्ष पुरस्कार राशि वृद्धि गरिने तयारी गरिएको छ । पहिलो संस्करणमा विजेता टोलीले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । त्यस्तै, उपविजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । पहिलो संस्करणको मुख्य प्रायोजकका रूपमा बुद्धशान्ति गाउँपालिका–१ रहेको थियो । यस वर्षको प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरि...