गडिगाउँ माविलाई ९३ लाखको बजेटबाट फर्निचर सामग्री हस्तान्तरण

झापा । बुद्धशान्ति गाउँपालिका–५ स्थित श्री गडिगाउँ माध्यमिक विद्यालयलाई फर्निचर सामग्री हस्तान्तरण गरिएको छ।

बुद्धशान्ति गाउँपालिकाको विशेष पहलमा गत आर्थिक वर्ष नेपाल सरकारमार्फत विशेष अनुदानअन्तर्गत विनियोजित ९३ लाख रुपैयाँको बजेटबाट निर्माण गरिएको फर्निचर विद्यालयलाई हस्तान्तरण गरिएको हो।

फर्निचर सामग्री उपलब्ध भएपछि बुद्धशान्ति क्षेत्रकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा रहेको गडिगाउँ माविमा अध्ययनरत विद्यार्थीको पठनपाठन थप सहज हुने विश्वास गरिएको छ।

सोही बजेटबाट विद्यालयमा रहेको शौचालयको अभावलाई सम्बोधन गर्दै व्यवस्थित शौचालयसमेत निर्माण गरिएको छ। कार्यक्रममा बुद्धशान्ति क्षेत्रका अन्य पाँच सामुदायिक विद्यालयलाई समेत आवश्यक फर्निचर सामग्री वितरण गरिएको बताइएको छ।

टिप्पणियाँ